मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओलीमाथि लगाइएको मुद्दा फिर्ता लिन सांसद घतानीको माग

बुधबार, २५ चैत २०८२, १५ : २७
बुधबार, २५ चैत २०८२

सारांश

  • सांसद नीता घतानीले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिन सरकारसँग माग गरिन्।
  • उनले राजनीतिक प्रतिशोधका आधारमा अध्यक्ष ओलीमाथि मुद्दा लगाइएको भन्दै सरकारको कडा आलोचना गरिन्।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद नीता घतानीले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएकी छिन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै सरकारको कडा आलोचना गरिन्।

सांसद घतानीले सरकारले संविधान र कानुनको मर्म विपरीत अध्यक्ष ओलीमाथि मुद्दा लगाएको दाबी गरिन्। संसद्मा बोल्दै उनले भनिन्, ‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका मुद्दा तत्काल फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु। राजनीतिक प्रतिशोधका आधारमा यस्ता मुद्दा लगाएर राजनीतिक मर्यादा र संविधानको मर्मलाई गम्भीर रूपमा कमजोर बनाउने काम भएको छ।’

उनले संविधानको अधिकार र कानुनको मर्म अनुसार उक्त मुद्दा तत्काल खारेज हुनुपर्नेमा जोड दिइन्। साथै, सरकारले संविधान र कानुनको उल्लंघन हुने गरी कुनै पनि काम गर्न नहुने भन्दै उनले सरकारलाई सचेत समेत गराइन्। राजनीतिक पूर्वाग्रह राखेर प्रमुख प्रतिपक्षी नेतालाई निशाना बनाउनु संसदीय लोकतन्त्रका लागि घातक हुने उनको तर्क थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप