खरेलले दिए सांसदहरूलाई ललितपुरका सम्पदाको अवलोकन गर्न निम्तो
बुधबार, २५ चैत २०८२, १५ : ३०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले ललितपुरका सम्पदा अवलोकन गर्न सांसदहरूलाई निम्तो दिएका छन्।
- खरेलले कलाकार अरनिकोको जन्मथलो अवलोकन गर्न आग्रह गर्दै महालक्ष्मी नगरपालिकाको खानेपानी समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले ललितपुरको सम्पदा अवलोकन गर्न सांसदहरूलाई निम्तो दिएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद खरेलले ललितपुर ‘मन्दिरै मन्दिरको सहर’ र ‘सम्पदा नै सम्पदाको सहर’ भएकाले अवलोकनका लागि अन्य सांसदहरूलाई निम्तो दिएका हुन् ।
खरेलले कलाकार अरनिकोको जन्मथलो ललितपुर भएको बताउँदै त्यो घर अवलोकनका लागि पनि आग्रह गरे।
खरेलले महालक्ष्मी नगरपालिकामा पानीको हाहाकार रहेको भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण