प्रतिनिधि सभामा रास्वपा र एमालेबिच नोकझोक
सारांश
- प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद पुरुषोत्तम यादवले एमाले नेताहरूविरुद्ध गरेको टिप्पणीलाई लिएर विवाद सुरु भएको छ।
- सांसद यादवले एमाले अध्यक्ष ओली र नेता बादललाई भूतले छलेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेपछि एमालेले आपत्ति जनाएको छ।
- एमाले सांसदहरूले यादवको भनाइ संसदीय मर्यादा विपरीत रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेका छन्।
काठमाडौँ । प्रतिनिधि सभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रतिपक्षी दल नेकपा एमालेबिच नोकझोक सुरु भएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा रास्वपा सांसद पुरुषोत्तम यादवले व्यक्ति गरेको धारणालाई लिएर नोकझोक सुरु भएको हो ।
सांसद यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेता रामबहादुर थापा बादललाई भूतले छलेको भन्दै भूत झार्ने झाँक्रीको व्यवस्था गर्नुपर्ने टिप्पणी गरेका थिए । ओली एमाले अध्यक्ष हुन् र बादल अहिले संसदीय दलको नेता छन् ।
यादवले बैठकमा भनेका थिए, ‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूत आज कमरेड बादललाई पनि छलेको देखिन्छ । त्यसैले म सरकारसँग जोडदार माग गर्दछु एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस् । आज कारागारको ढोका भित्र हुनुपर्ने अपराधी हस्पिटलको बेडमा छ । त्यही बेडबाट कुविचार यो सम्मानित सदनसम्म पठाउँदै छ ।’
उनको त्यो भनाइप्रति एमाले सांसद गुरु बरालले सभामुख डोलप्रसाद अर्यालसँग समय नै लिएर नियमापत्ति जनाए । बरालले प्रतिनिधि सभाको नियमावलीअनुरुपको असिस्ट व्यवहार बोलीचालीको सन्दर्भमा रहेकाले हटाउन माग गरे । उनले भने, ‘हाम्रो पार्टीको अध्यक्ष पूर्वप्रधानमन्त्रीलाई अत्यन्त आपत्तिजनक अपराधीको संज्ञा सत्ता पक्षका सांसदले दर्ज गर्नुभयो । अपराधी करार गर्ने यो संसद् होइन, अपराधी न्यायालयले करार गर्छ ।’
झाँक्री, धामीको व्यवस्था गर्ने रुढीवादी माग गर्नुभएकोमा पनि आपत्ति छ । उनले एमाले दलको नेता बादलमाथि पनि अपाच्य शब्द प्रयोग गरेको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरे।
बरालको धारणा सुनेपछि सभामुख अर्यालले सदनको ध्यानाकर्षण भएको बताए।
यसअघि धारणा राख्ने क्रममा एमाले सांसद साजिदा सिद्धिकीले पनि यादवको भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण