सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

यस्तो छ लामो दुरीमा बढेको सार्वजनिक यातायातको भाडादर (सूचीसहित)

बुधबार, २५ चैत २०८२, १७ : १२
बुधबार, २५ चैत २०८२

सारांश

  • सरकारले इन्धनको मूल्यमा भएको वृद्धिलाई आधार मान्दै सार्वजनिक यातायातको भाडादर बढाएको छ।
  • यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशत र मालवाहक सवारी साधनमा पहाडी तथा तराई क्षेत्र अनुसार फरक-फरक दरमा भाडा वृद्धि भएको छ।
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयसँगै नयाँ भाडा दर आजैदेखि कार्यान्वयनमा आएको छ।

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो । बढेको भाडा दर आजैबाट लागू हुने विभागले जनाएको छ ।

साथै, यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा हुने सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो पटक २२ पुस २०८१ मा समायोजन भएको गाडी भाडा अहिले बढाइएको हो । सो बेला डिजेलको मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर थियो ।

विभागले २०८२ चैत २२ गते नै भाडा समायोजनका लागि आवश्यक फाइल मन्त्रालयमा पेस गरेको थियो । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल (मन्त्रीस्तर) को निर्णयबाट उक्त प्रस्तावलाई स्वीकृत गरेसँगै नयाँ भाडा दर कार्यान्वयनमा आएको हो ।

यस्तो छ लामो दुरीमा बढेकाे भाडा (सूचीसहित) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप