कोशी प्रदेशका मुख्यमन्त्रीलाई मातृशोक
बुधबार, २५ चैत २०८२, २१ : २८
सारांश
- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ।
- मुख्यमन्त्रीकी ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ निधन भएको हो।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ । मुख्यमन्त्री कार्कीकी ९१ वर्षीय आमा जानुकादेवी कार्कीको बुधबार साँझ सात बजेगौरदहस्थित निवासमै उनको निधन भएको हो।
एक महिना अगाडि उनको खुट्टा भाँचिएपछि बिरामी भएकी थिइन् । विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा उनको खुट्टाको शल्यक्रिया भएको थियो।
स्वर्गीय कार्कीको दुई छोरा छन्। मुख्यमन्त्री कार्कीका दाजु दीपक कार्की नेकपा एमालेका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्यसमेत हुन् ।
कार्कीका ५ जना छोरी छन् । मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नी आमालाई बचाउन नसकेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिकाको अग्रता, मसेकोको गोलले खेलमा रोमाञ्चक मोड
-
मेक्सिकोको दोस्रो प्रहार, चेक गणतन्त्र २–० ले पछि
-
चेक गणतन्त्रविरुद्ध मेक्सिकोको अग्रता, चाभेजको गोल
-
फिफाद्वारा एन्फा निलम्बित
-
रोनाल्डो र मेस्सीले अझै तोड्न नसकेको त्यो कीर्तिमान
-
डिभिजन वन कार्यालय रौतहटका प्रमुखको सरुवा कार्यान्वयन गर्न चुरे अभियानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण