उपसभामुखबारे रास्वपा र नेकपा आन्तरिक छलफलमा
सारांश
- उपसभामुख चयनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन।
- संसद् सचिवालयले भोलि दिउँसो ४ बजेका लागि उपसभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
- नेकपाले पनि उपसभामुखको उम्मेदवारबारे कार्य संयोजन समितिको बैठकबाट निर्णय लिने तयारी गरेको छ।
काठमाडौँ । उपसभामुख चयनमा निर्णायक शक्ति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कुन पार्टीलाई समर्थन गर्ने विषयमा अहिलेसम्म टुङ्गो लगाएको छैन । संसद् सचिवालयले उपसभामुखको निर्वाचन भोलि(शुक्रबार) दिउँसो ४ बजे गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ ।
मनोनयन दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म रहेको छ । त्यसका लागि उम्मेदवारी मनोनयन दर्ताका लागि विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन् । सत्ताधारी दल रास्वपाले कुन दललाई समर्थन गर्ने भन्नेबारे शीर्ष तहमा छलफल जारी रहेको तर निष्कर्षमा नपुगेको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए ।
‘उपसभामुखमा कुन पार्टीलाई समर्थन गर्नेबारे छलफल जारी छ । संसदीय दलको बैठकले टुङ्ग्याउला । अहिले नै हामी निष्कर्षमा पुगेका छैनौँ’, उनले भने ।
रास्वपाबाट उपभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् ।
स्रोतका अनुसार नयाँ दल श्रम संस्कृति र राप्रपामध्ये एकलाई समर्थन गर्ने गरी छलफल चलिरहेको छ । यद्यपि संविधान संशोधन, शक्ति सन्तुलन सबै हिसाबलाई मध्यनजर गरेर छलफल केन्द्रित रहेकाले अहिले नै भन्न सक्ने अवस्थामा नरहेको स्रोतको भनाइ छ ।
यता उपसभामुखमा दाबी गरेको नेपाली कम्युनिस्ट पार्टीले कार्य संयोजन समिति बैठकले नै टुङ्गो लगाउने नेता रामकुमार भट्टराईले जानकारी दिए ।
‘अहिलेसम्म कसलाई बनाउने भनेर टुङ्गो लागेको छैन । कार्य संयोजन समिति बैठकले नै टुङ्गो लगाउँछ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण