नागढुङ्गा सुरुङमार्गको टोल शुल्क निर्धारण : काठमाडाैँ भित्रिँदा र बाहिरिँदा फरक-फरक दस्तुर
सारांश
- सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि सवारी साधनको वर्गीकरण अनुसार टोल शुल्क निर्धारण गरेको छ।
- राजपत्रमा प्रकाशित सूचना अनुसार काठमाडौं उपत्यका भित्रिने सवारी साधनले बाहिरिने भन्दा बढी शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
काठमाडाैँ । सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि उपभोग दस्तुर (टोल शुल्क) निर्धारण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै सवारी साधनको वर्गीकरण अनुसार शुल्क तोकेको हो ।
राजपत्रमा प्रकाशित सूचना अनुसार काठमाडौं उपत्यकाबाट बाहिरिनेभन्दा काठमाडाैँ भित्रिने सवारी साधनले बढी शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारले मन्त्रिपरिषद्को निर्णय अनुसार सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त दस्तुर लागु गरेको हो ।
कुन सवारी साधनलाई कति लाग्छ शुल्क ?
मन्त्रालयले सवारी साधनलाई ४ वर्गमा विभाजन गरेर शुल्क निर्धारण गरेको छ ।
पहिलो वर्गमा कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीलाई राखिएको छ । यस्ता सवारी साधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नु पर्नेछ ।
दोस्रो वर्ग अन्तर्गत मिनी बस, मिनी ट्रिपर/ट्रक रहेका छन् । यी सवारी साधनले काठमाडाैँ प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नु पर्नेछ ।
तेस्रो वर्गमा सिङ्गल रियर एक्सलयुक्त बस, ट्रक रहेका छन्। यी सवारीहरूलाई काठमाडाैँ प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
चौथो वर्गमा मल्टी एक्सल ट्रक र भारी उपकरण रहेका छन् । यी सवारीले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण