आफ्नो निर्णयबाट पछि हट्याे सरकार, परिचयपत्रकै आधारमा कानुन व्यवसायी सिंहदरबार प्रवेश गर्न पाउने
सारांश
- सरकारले कानुन व्यवसायीलाई बारको परिचयपत्रकै आधारमा सिंहदरबार प्रवेश गर्न दिने पुरानो व्यवस्था पुनः कार्यान्वयनमा ल्याएको छ।
- नेपाल बार एसोसिएसनले ध्यानाकर्षण गराएपछि सरकार आफ्नो अघिल्लो निर्णयबाट पछि हटेको हो।
काठमाडौँ । कानुन व्यवसायीलाई नेपाल बारले जारी गरेको परिचयपत्रकै आधारमा सिंहदरबार प्रवेश गर्न दिने व्यवस्था मिलाइएको छ ।
सिंहदरबार प्रवेशमा कडाइ गरिएपछि नेपाल बार एसोसिएसनले प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र लेखेर बुधबार ध्यानाकर्षण गराएको थियो ।
नेपाल बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रले सिंहदरबारको सुरक्षा हेर्ने प्रहरी प्रमुखबाट आफूलाई शुक्रबार पुरानै व्यवस्थामा निर्वाध रूपमा सिंहदरबार प्रवेश गर्न पाउने जानकारी दिएको बताए ।
कानुन व्यवसायीलाई नेपाल बार र बार काउन्सिलले उपलब्ध गराएको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश खुला गर्दै सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।
यसअघि सरकारले सिंहदरबार भित्र प्रवेश गर्नका लागि कानुन व्यवसायीलाई कडाइ गर्दै छुट्टै प्रवेश पास लिनुपर्ने बाध्यात्मक सूचना जारी गरेको थियो । उक्त सूचनापछि गत आइतबारदेखि कानुन व्यवसायीहरूलाई सिंहदरबार जान कडाइ गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण