प्रदेश आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा
सारांश
- प्रदेश आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दै गएको छ ।
- आर्थिक वर्षको आठ महिनामा २२ हजार ८५६ जनाले सेवा लिएका छन् ।
- पेटसम्बन्धी समस्याका बिरामी बढी आउने गरेको बताइएको छ।
तनहुँ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा २२ हजार ८५६ जनाले सेवा लिएका छन् ।
तनहुँसहित छिमेकी जिल्ला लमजुङ, कास्की, चितवन, गोरखाबाट समेत बिरामी उपचारका लागि आउने गरेको सो कार्यालयले जनाएको छ । कार्यालयबाट दिइने सेवा प्रवाह छिटो छरितो र प्रभावकारी भएका कारण बिरामीको आकर्षण बढ्दै गएको कविराज निरीक्षक एवं सूचना अधिकारी सोमकान्त पौडेलले जानकारी दिए ।
सूचना अधिकारी पौडेलका अनुसार साउनमा दुई हजार ६५३, भदौमा एक हजार ८९९, असोजमा एक हजार ४८३, कात्तिकमा दुई हजार १३७, मङ्सिरमा तीन हजार ८२२, पुसमा चार हजार ६३७, माघमा तीन हजार ३२, फागुनमा तीन हजार १९३ जनाले सेवा लिएका छन् ।
उक्त चिकित्सालयमा स्नेहन, श्वेदनबाहेक दैनिक ३५ देखि ६५ सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उनले भने, “अधिकांश बिरामी पेटसम्बन्धी समस्याका हुने गरेका छन् ।” कार्यालयका अनुसार ओपिडी सेवा बिहान ९ बजेदेखि अपराह्न ३ः०० बजेसम्म नियमित सञ्चालनमा हुँदै आएको कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा नारायण श्रेष्ठले बताए । अनुसार विशेष गरी अम्लपित्त, बाथ, श्वासप्रश्वास, फिसर फिस्टुला ,प्रेसर, सुगर, महिला प्रसूतिलगायत बिरामीको सङ्ख्या अधिक हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण