सर्वोच्चको परिपत्र : बिदाका दिन पक्राउ परेका व्यक्तिलाई पनि २४ घण्टाभित्र अदालतमा पेस गर्नू
सारांश
- सर्वोच्च अदालतले बिदाका दिन पक्राउ परेका व्यक्तिलाई पनि २४ घण्टाभित्र अदालतमा पेस गर्न मातहतका निकायलाई परिपत्र जारी गरेको छ।
- नागरिकको संवैधानिक हक सुनिश्चित गर्न र न्यायिक प्रक्रियामा अवरोध नआओस् भनी सर्वोच्चले यस्तो निर्णय गरेको हो।
काठमाडौँ । सर्वोच्च अदालतले बिदाका दिनमा समेत पक्राउ परेका व्यक्तिलाई संविधानले तोकेको २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष अनिवार्य रूपमा उपस्थित गराउन मातहतका अदालतहरूलाई परिपत्र जारी गरेको छ ।
नागरिकको संवैधानिक हक सुनिश्चित गर्न र न्यायिक प्रक्रियामा अवरोध नआओस् भनी यसो गरिएको सर्वोच्च अदालतले भनेको हो ।
शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको निर्णयअनुसार परिपत्र उच्च अदालत, इजलास, अस्थायी इजलास, प्रशासकीय अदालत, न्यायाधिकरण, विशेष अदालत, श्रम अदालत, फैसला कार्यान्वयन निर्देशनालय, जिल्ला अदालत, उपभोक्ता अदालत र बाल अदालत लगायत सम्पूर्ण न्यायिक निकायहरूलाई पठाइएको छ ।
नेपालको संविधानको धारा २० को उपधारा (३) मा ’पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराउनुपर्नेछ र त्यस्तो अधिकारीबाट आदेश भएबाहेक पक्राउ भएको व्यक्तिलाई थुनामा राखिने छैन’ भन्ने व्यवस्था छ ।
तर सरकारको पछिल्लो निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा दिइएको छ । यस्तोमा र अन्य बिदाहरूमा २४ घण्टाभन्दा लामो समयसम्म पर्दा पक्राउ परेका व्यक्तिहरूलाई तोकिएको समयमा अदालतमा पेस गर्न कठिनाइ हुने गरेको भन्दै सर्वोच्चमा गुनासो आएको थियो । यही व्यावहारिक कठिनाइ सम्बोधन गर्न सर्वोच्चले यस्तो परिपत्र जारी गरेको हो ।
मातहतका अदालतहरूलाई बिदाको समयमा पनि पक्राउ पुर्जीको अनुमति, जारी पुर्जीको स्वीकृति र हिरासतमा राख्ने अनुमति तथा मुद्दासँग सम्बन्धित थुनछेक आदेशका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिइएको हो । यसका लागि न्यायिक व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७५ ले व्यवस्था गरेबमोजिम आवश्यक प्रबन्ध गर्न मातहतका अदालतहरूलाई सर्वोच्चले भनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साँट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण