सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको न्यूनतम भाडा २४ रुपैयाँ

शनिबार, २८ चैत २०८२, १० : ३२
शनिबार, २८ चैत २०८२

सारांश

  • बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको छ।
  • काठमाडौँ उपत्यकाभित्र यात्रा गर्दा लाग्ने न्यूनतम भाडा २४ रुपैयाँ कायम गरिएको छ।

काठमाडौँ । बागमती प्रदेश सरकारले यस प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो ।

नयाँ भाडादर अनुसार काठमाडौँ उपत्यकाभित्र र बाहिरका रुटहरूमा फरक–फरक दर कायम गरिएको छ ।

  • यस्तो छ काठमाडौँ उपत्यकाको भाडादरः

उपत्यकामा चल्ने सार्वजनिक सवारीमा दूरीका आधारमा भाडा समायोजन गरिएको छ। अब उपत्यकामा यात्रा गर्दा न्यूनतम भाडा २४ रुपैयाँ पुगेको छ ।

  • ० देखि ५ किलोमिटरसम्म: २४ रुपैयाँ
  • ० देखि १० किलोमिटरसम्म: ३३ रुपैयाँ
  • ० देखि १५ किलोमिटरसम्म: ३९ रुपैयाँ
  • ० देखि २० किलोमिटरसम्म: ४४ रुपैयाँ
  • २० किलोमिटरभन्दा माथि: ५० रुपैयाँ

विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने २०७९-०१-०१ देखि लागू गरिएको पुरानै भाडादर कायम रहने मन्त्रालयले जनाएको छ ।

664361009_4419991254936363_8396810499339433340_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप