काठमाडौँका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)
सारांश
- काठमाडौँ महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यका साथ सडक किनारामा गमला राखेर फूल रोप्ने अभियानलाई तीव्रता दिएको छ।
- महानगरको 'मेरो रहर, सुन्दर र हरित सहर' कार्यक्रम अन्तर्गत वातावरण विभागले फूलहरूको स्याहार र व्यवस्थापनको जिम्मा लिएको छ।
- पहिलो चरणमा सिंहदरबार वरपरबाट सुरु गरिएको यो अभियानलाई दोस्रो चरणमा भित्री सहरी क्षेत्रहरूमा पनि विस्तार गरिने योजना छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यका साथ सडक किनारामा गमला राखेर फूल रोप्ने कार्यलाई तीव्रता दिएको छ ।
महानगरको गौरवको योजना ‘मेरो रहर, सुन्दर र हरित सहर’ कार्यक्रम अन्तर्गत पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले यो अभियान सुरु गरेको हो । यस अभियानले सहरको सौन्दर्य बढाउनुका साथै सहरी वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
हाल रोपिएका बेगमबेली फूलहरू पहेँलो, रातो र गुलाबी लगायतका विभिन्न रङमा फुल्नेछन् । फूल फुलाउने कार्यलाई दिगो र व्यवस्थित बनाउनका लागि बलिया सिमेन्टका गमलाहरू प्रयोग गरिएको छ । यी स्थायी ठुला गमलाहरूमा बिरुवा लगाउने, गोडमेल गर्ने र नियमित पानी हाल्ने जिम्मेवारी वातावरण व्यवस्थापन विभागले सम्हालेको छ ।

महानगरको यो अभियान केवल मुख्य सडकहरूमा मात्र सीमित रहने छैन । पहिलो चरणमा मुख्य प्रशासनिक केन्द्र सिंहदरबार वरपरको क्षेत्रलाई समेटिएको भएपनि दोस्रो चरणमा काठमाडौँका भित्री सहरी क्षेत्रहरूमा पनि गमला राख्दै लगिने योजना छ ।
सहरलाई कङ्क्रिटको जङ्गलबाट मुक्त गरी हरियाली र रङ्गीचङ्गी फूलहरूले सजाउने महानगरको यो प्रयासलाई स्थानीय बासिन्दाहरूले पनि सकारात्मक रूपमा लिएका छन् । सडक किनारामा ढकमक्क फूल फुल्दा पैदलयात्री र सवारी चालक दुवैका लागि यात्रा सुखद हुने अपेक्षा गरिएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्ने
-
उपराष्ट्रपति यादव रुसको स्वागत समारोहमा सहभागी
-
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
-
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध
-
दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य
-
काभ्रेका १३ पालिकाले ल्याए बजेट, कसको कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण