आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक हप्ताभित्रै सङ्गठनात्मक एकीकरण टुङ्ग्याउँछौँ : माधव नेपाल

शनिबार, २८ चैत २०८२, १७ : ५७
शनिबार, २८ चैत २०८२

सारांश

  • नेकपाका सहसंयोजक माधवकुमार नेपालले पार्टीको सङ्गठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्र सम्पन्न गर्ने बताएका छन्।
  • उनले निर्वाचनको परिणाम अपेक्षाविपरीत आएको भन्दै त्यसको गम्भीर समीक्षा र आत्ममन्थन गर्नुपर्नेमा जोड दिएका छन्।
  • उनले महिला सङ्गठनलाई समाजमा व्याप्त हिंसा र अत्याचारविरुद्ध जुध्न निर्देशन दिएका छन्।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको सङ्गठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्ने गरी पहल भइरहेको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

नेता नेपालले निर्वाचनको परिणाम अपेक्षा विपरित आएको स्वीकार गर्दै त्यसको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए । नेता नेपालले निर्वाचनमा कार्यकर्ताहरूको सक्रियता र इमान्नदारितामाथि प्रश्न उठाउँदै आत्ममन्थन गर्न समेत आग्रह गरे ।

पार्टीभित्र हाल ४५ सदस्यीय केन्द्रीय समन्वय समितिको बैठक सात दिनदेखि जारी रहेको जानकारी दिँदै उनले राष्ट्रिय समस्या, राजनीतिक सङ्कट र कम्युनिस्ट आन्दोलनका चुनौतीबारे मन्थन भइरहेको बताए । नेपालको राजनीतिमा कम्युनिस्टहरूले २००७ सालदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले कम्युनिस्टहरू नै सच्चा देशभक्त भएको दाबी गरे । समाजमा व्याप्त महिला हिंसा, दलितमाथिको अत्याचार र गरिबीका विरुद्ध जुध्न उनले महिला सङ्गठनलाई निर्देशन दिए । 

महिलाहरूले आफ्नो जिल्ला र राष्ट्रिय समस्या दुवैमा ध्यान दिनुपर्ने उनको भनाइ छ । नेता नेपालले एकताले मात्रै सबै थोक नहुने भन्दै शक्ति बढाउन र जनताको मन जित्न आफ्नै खुट्टामा उभिने आँट गर्नुपर्ने बताए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप