करनको अभिव्यक्तिप्रति गम्भीर आपत्ति, कारबाहीको माग
सारांश
- नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स संघले फास्ट बलर करन केसीको विवादास्पद ट्वीटप्रति गम्भीर आपत्ति जनाएको छ।
- संघले करनले अम्पायरमाथि हुने दुर्व्यवहारलाई सामान्यीकरण गर्न खोजेको भन्दै उनको अभिव्यक्तिको घोर भर्त्सना गरेको छ।
- संघले नेपाल क्रिकेट संघलाई पत्र लेख्दै दोषी खेलाडीमाथि कडा कारबाही गर्न माग गरेको छ।
काठमाडौँ । नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स संघले नेपाली राष्ट्रिय टोलीका फास्ट बलर करन केसीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।
करनले सामाजिक सञ्जालमा अम्पायरमाथि हुने हातपातसम्बन्धी गरेको ट्वीटप्रति गम्भीर आपत्ति जनाउँदै संघले उक्त कार्यको घोर भर्त्सना गरेको छ । संघको शनिबारको आकस्मिक बैठकपछि एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघसँग दोषी (करन)माथि कडा कारबाहीको माग पनि गरेको छ ।
नेपाल पुलिस क्लब तथा राष्ट्रिय टिमका सदस्य करणले ट्वीटमार्फत 'यदि कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने कति खेलका लागि उक्त खेलाडीलाई ब्यान गरिन्छ ?' भन्ने प्रश्न गरेका थिए । करणको यस प्रश्नले अम्पायरहरूमाथि हुने सम्भावित दुर्व्यवहारलाई सामान्यीकरण गर्ने प्रयास गरेको भन्दै संघले यसलाई खेदजनक भनेको छ ।
संघले यस्तो अभिव्यक्तिले अम्पायरहरूको पेशागत सुरक्षा तथा आत्मसम्मानमा गम्भीर आघात पुगेको ठहर गरेको छ । संघले यस्ता कार्यहरूले अम्पायरिङको मर्यादामाथि प्रश्नचिह्न खडा गरेको र यसले खेलाडी र अम्पायरबीचको सम्बन्धमा नकारात्मक असर पार्ने बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'यस्तो कार्यलाई निरुत्साहित गर्न नेपाल क्रिकेट संघसँग कडा कारबाहीको लागि माग गरेका छौं।' संघका अध्यक्ष मोहम्मद शफिक समीर खानले विज्ञप्तिमा अम्पायरहरूको हकहित र सुरक्षाका लागि संघ सधैँ कटिबद्ध रहने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण