अस्ट्रेलियामा सांगीतिक कार्यक्रम गर्दै अर्बन नेप्लिज कम्युनिटी
शनिबार, २८ चैत २०८२, २२ : ३४
काठमाडौं । सिड्नीमा रहेको अर्बन नेप्लिज कम्युनिटीले अप्रिल १४ तारिखमा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रममा गायिका अन्जु पन्तले एक दर्जनभन्दा बढी गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको कम्युनिटीका अध्यक्ष अरूणचन्द्र श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम दिउँसो १ बजे देखि राति ९ सम्म मेरिल्याण्ड्सको ग्रानभिल पार्कमा हुनेछ। प्रमुख प्रस्तोता प्रसिद्ध गायिका अन्जु पन्त,रामेशराज भट्टाराई र सिर्जना खत्रीले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्।
प्रवेश निःशुल्क रहेकाले सबै नेपाली सहभागी भएर रमाइलो गर्न श्रेष्ठले अनुरोध गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण