बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

कोका–कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान, प्रदीप खड्का नयाँ ब्रान्ड एम्बासडर

आइतबार, २९ चैत २०८२, १६ : ५५
आइतबार, २९ चैत २०८२

काठमाडौँ । कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित 'फिफा वर्ल्ड कप २०२६' अभियानको औपचारिक रूपमा सुरुवात गरेको छ। राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थितिमा यो अभियान सार्वजनिक गरिएको हो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली चलचित्र क्षेत्रका अभिनेता प्रदीप खड्कालाई कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर घोषणा गरिएको छ। कोका–कोला परिवारमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै खड्काले कम्पनीलाई धन्यवाद दिए। त्यस्तै, अभियानको मुख्य अनुहारका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू अन्जल विष्ट र अन्जन राना मगर तथा अभिनेत्री स्वस्तिमा खड्कालाई पनि प्रस्तुत गरिएको थियो। उनीहरूले स्टेजमा फुटबलले ल्याउने खुसी र आफ्ना अनुभवहरू साटासाट गरेका थिए।

कार्यक्रममा बोल्दै बोटलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनाले भने, “यो अभियान केवल फुटबलको उत्सव मात्र होइन, फिफाको विश्वव्यापी आकर्षणलाई नेपाली उपभोक्ताको जीवनसँग जोड्ने प्रयास पनि हो। विशेष कोका–कोला फिफा प्याक र विभिन्न सरप्राइजमार्फत हामी उपभोक्तालाई अविस्मरणीय अनुभव दिन चाहन्छौँ।”

सोही अवसरमा फिफा वर्ल्ड कप २०२६ थिममा आधारित नयाँ प्याकेजिङ (लिमिटेड एडिसन प्याक) को पहिलो झलक देखाइएको थियो। साथै, कोका–कोलाको आधिकारिक गीत (एन्थेम), फिफा वर्ल्ड कप टिभिसी र अन्य प्रचार सामग्रीहरू पनि प्रदर्शन गरिएको थियो।

कोका–कोला र फिफाबीचको सहकार्य विश्व खेलकुदकै सबैभन्दा लामो साझेदारीमध्ये एक हो। यो सम्बन्ध सन् १९७४ मा सुरु भएको हो भने सन् १९७८ देखि कोका–कोला फिफा विश्वकपको आधिकारिक प्रायोजक रहँदै आएको छ। नेपालमा पनि यो ब्रान्ड पाँच दशकभन्दा बढी समयदेखि सक्रिय छ। विश्वव्यापी फुटबल संस्कृतिलाई नेपाली दर्शकहरूको उत्साहसँग जोड्नु नै यस नयाँ अभियानको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप