मेरो कारण संसदीय दलको नेता चयनमा ढिलाइ भयो भन्नु असत्य र भ्रामक : अर्जुननरसिंह केसी
सारांश
- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेता चयनमा ढिलाइ हुनुमा आफ्नो कुनै भूमिका नरहेको बताएका छन्।
- उनले दलको नेता चयन गर्दा निश्चित मापदण्ड र योग्यताका आधारमा सर्वसम्मत वा तार्किक निर्णय हुनुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आफ्नो कारण संसदीय दलको नेता चयनमा ढिलाइ भयो भन्नु असत्य र भ्रामक रहेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा केसीले लेखेका छन्, ‘मेरो कारणले ढिलाइ भयो भन्ने वा नाता र नेताका भाष्य पनि बाहिर छ्यापछ्याप्ती आयेका छन् । यो असत्य र भ्रामक हो ।’
उनले पार्टीका दलको नेता चयन गर्न ‘को’ किन र ‘कस्तो’ नेता चाहिन्छ भन्नेमा हाम्रो स्पष्ट मापदण्ड तय हुनु आवश्यक रहेको उल्लेख गरेका छन् ।
‘मैले पार्टी भित्र र सार्वजनिक रूपमा नै भनिनै सकेको छु । सहमतिको मापदण्ड बनाऊँ र सकेसम्म सर्वसम्मति गरौँ । मेरो पूर्ण समर्थन हुनेछ । सबैभन्दा युवालाई गरौँ वा सबैभन्दा वरिष्ठलाई’ केसीले लेखेका छन् ।
उनले प्रत्यक्ष वा समानुपातिक जुनसुकै प्रक्रियाबाट आएका भए पनि सांसद भएपछि विभेद उचित नहुने बताए । दलको नेता निर्वाचनबाट गर्ने हो भने निश्चित मापदण्डको आधारमा योग्यतामा आधारित, न्यायोचित र तार्किक निर्णयमा पुग्नुपर्ने उनको भनाइ छ ।
संसदीय दलको नेता केवल पद नभई प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्ने जिम्मेवारी भएकाले ढिलाइ होइन, परिपक्व र सक्षम निर्णय आवश्यक रहेको केसीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण