अदालततिर होइन महाधिवेशनतिर लागौँ : महामन्त्री पौडेल
आइतबार, २९ चैत २०८२, १७ : २२
सारांश
- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले असन्तुष्ट पक्षलाई अदालततिर नलागी महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका छन्।
- उनले महाधिवेशनको प्रक्रिया सुरु भइसकेकाले सबै विषयलाई त्यहीँ छलफल गरेर अघि बढ्नु नै हितकर हुने बताएका छन्।
दाङ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुद्दा मामिलामा नलागी महाधिवेशनको तयारीमा जुट्न पूर्व संस्थापन पक्षधरलाई आग्रह गरेका छन्।
आइतबार निर्वाचन समीक्षाका क्रममा दाङ पुगेका महामन्त्री पौडेलले महाधिवेशनले सबैलाई समेट्ने भन्दै असन्तुष्टिको विषयलाई समेत महाधिवेशनमै लिएर जान आग्रह गरे।
‘यो समय मुद्दा मामिलाको हैन, महाधिवेशनको हो,’ उनले भने, ‘महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया नै अघि बढिसकेको अवस्थामा यसमा सहभागी भएर आफ्नो विषय राख्नुमै सबैको हित छ । म साथीहरूलाई अदालततिर मुद्दामामिला हैन महाधिवेशनमै ध्यान केन्द्रित गर्न आग्रह गर्छु ।’
महामन्त्री पौडेलले महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै यसैले कांग्रेसमा नयाँ ऊर्जा र गति दिने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
-
स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए
-
कार्गो जहाजमा ड्रोन हमलापछि अमेरिकाद्वारा इरानमाथि प्रत्याक्रमण
-
बागमतीको पूर्वाधार योजनाः प्रादेशिक सडकमा ७ अर्ब १० करोड बजेट
-
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
-
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण