प्रधानमन्त्री कप : गण्डकीसँग हार्याे लुम्बिनी
पर्सा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ।
वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा गण्डकीले लुम्बिनी प्रदेश आठ विकेटले पराजित गरेको हो । सुरुआती ब्याटिङ गरेको लुम्बिनीले ४५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रन जोडेको थियो । टोलीका सन्तोष यादवले ७७ बलमा ८२ र सल्लाहद्धिन खानले ७७ बलमा ६० रन जोडेका थिए।
गण्डकीका विपिन खत्रीले चार विकेट र अपराजित पौडेलले तीन विकेट लिए।
जवाफी ब्याटिङमा उभिएको गण्डकीले ४४ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै दुई सय ११ रन जोडेको थियो । यस टोलीका अर्जुन कुमालले एक सय ३० बल खेल्दै एक सय तीन र सिब्रिन श्रेष्ठले ७७ बलमा ४३ रन जोडे।
लुम्बिनी प्रदेशका दिनेश बोहरा र सन्तोष यादवले समान एक/एक विकेट लिए । आजको खेलमा गण्डकीका अर्जुन कुमालले ‘प्लेयर अफ दि म्याच’ घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार पाए।
प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब गरी तीन विभागीय टोली र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी वैशाख ४ गते हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको बन्दसत्र ढिलाइ भएपछि हलभित्र एसीमा आराम गर्दै प्रतिनिधि, तस्बिरहरू
-
बलिउड अभिनेता पंकज त्रिपाठीका दाइमाथि घातक हमला
-
४८ करोडको नाङ्गेडाडा बृहत पम्पिङ खानेपानी आयोजना उद्घाटनमै सीमित
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण