१२ बजे १२ समाचार: यस्ता छन् आजकाे प्रमुख समाचार
सारांश
- प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ।
- क्रिकेटर करण केसीलाई अम्पायरहरूप्रति विवादास्पद अभिव्यक्ति दिएको आरोपमा नेपाल क्रिकेट संघले प्रतिबन्ध र जरिबाना गरेको छ।
- प्रतिनिधि सभाको उपसभामुखमा रुबी कुमारी ठाकुर निर्वाचित भएकी छिन्।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।
२. कांग्रेसभित्रको विवाद समाधानमा भएन सार्थक पहल
विशेष महाधिवेशन आयोजना भएसँगै नेपाली कांग्रेसभित्रको विवाद छरपस्ट भएको थियो । उक्त विवाद समाधानका लागि अहिलेसम्म सार्थक पहल हुन सकेको छैन ।
३. वर्ष २०८२ लाई फर्केर हेर्दा
२०८२ सालमा भएका विभिन्न घटनाक्रमका आधारमा रातोपाटीले वर्ष समीक्षा गरेको छ । खासगरी एमाले, मधेसवादी दलका साथै सुरक्षा निकायसँग सम्बन्धित समीक्षा यस्ता छन् ।
४. क्रिकेटर करण केसीलाई प्रतिबन्ध
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी नेपाल पुलिस क्लबका स्टार क्रिकेटर करण केसी कारबाहीमा परेका छन् । अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएको ठहर गर्दै नेपाल क्रिकेट संघले उनलाई प्रतिबन्ध र जरिबानाको सजाय निर्धारण गरेको छ ।
५. राप्रपामा विवाद चर्कियो
राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी नेतृत्वको कार्यशैली एकलौटी भएको भन्दै असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङदेनविरुद्ध मोर्चाबन्दी सुरु गरेको छ ।
६. भारत भ्रमणमा जालान् प्रधानमन्त्री बालेन ?
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भारत भ्रमणको औपचारिक नियन्त्रणा पठाएका छन् ।
७.उपसभामुख
प्रतिनिधि सभाको १३औँ उपसभामुखमा शुक्रबार श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर निर्वाचित भइन् । प्रतिनिधि सभा बैठकमा उपसभामुखका लागि भएको निर्वाचनमा २७५ सदस्यीय प्रतिनिधि सभाका २५६ सांसदले मतदान गरे । जसमध्ये ठाकुरको पक्षमा २२९, विपक्षमा ५ र तटस्थ २२ मत पर्यो ।
८. नेपाल वायुसेवा निगममा अनियमितता
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) भित्र पाइलट नियुक्ति, परीक्षा प्रणाली र एयरबस ए–३२० तालिम प्रक्रियामा अनियमितता भइरहेको पाइएको छ । विवादको केन्द्रमा करारमा नियुक्त फस्र्ट अफिसर (एफओ) रोशन कोइरालाको एयरबस ए–३२० फ्लिटमा गरिएको नियुक्ति रहेको छ । नियुक्ति लिने समयमा नै उनले निगमको नियमअनुसार अनिवार्य अवकाशको ५८ वर्षे उमेर हद पार गरिसकेका थिए ।
९. ओली र लेखकमाथि अनुसन्धान जारी
सर्वोच्च अदालतको आदेश अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भए पनि उनीहरूमाथिको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
१०. गृहमन्त्रीले पिर्के सलामी नलिने
गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने भएका छन् । आइतबार नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालय पुगेर उनले यस्तो निर्णय गरेका हुन् ।
११. नेकपाले नयाँ वर्षमा कस्तो गर्ला निर्णय ?
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्य संयोजन समितिको बैठक स्थगित गरेको छ । एक साता बहस भएको बैठक वैशाख ३ गतेसम्मका लागि स्थगित भएको छ । नेकपाले अब नयाँ वर्षमा हुने बैठकबाट कस्तो निर्णय गर्ला भन्ने चासो बढेको छ ।
१२. आईपीएल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण