मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण : ९० लाख नगद, परिवारको नाममा जग्गा
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
- सार्वजनिक विवरणअनुसार मन्त्री लम्सालसँग ३० तोला सुन, ५० तोला चाँदी र बैंकमा ९० लाख रुपैयाँ नगद रहेको छ।
- मन्त्री र उनको परिवारको नाममा रुपन्देही, नवलपरासी र स्याङ्जामा विभिन्न क्षेत्रफलको जग्गा रहेको उल्लेख गरिएको छ।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री कार्यालये आइतबार सार्वजनिक गरेकाे विवरणअनुसार मन्त्री लम्साल र उनको परिवारको नाममा विभिन्न स्थानमा जग्गा, ९० लाख नगद, सुन र चाँदी रहेको उल्लेख छ ।
सार्वजनिक गरिएको विवरणमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ मा १ कठ्ठा १० धुर जग्गा जमुना लम्सालको नाममा रहेको खुलाइएको छ । त्यसैगरी, जमुना लम्सालकै नाममा नवलपरासीको कावासोतीमा १० कठ्ठा १५ धुर जग्गा रहेको पनि उल्लेख छ ।
पारिवारिक सम्पत्तिको रूपमा बोधराज लम्सालको नाममा स्याङ्जामा ७ रोपनी खेत र २२ रोपनी बारी रहेको पनि विवरणमा जनाइएको छ ।
मन्त्री लम्सालसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । बैंक खातामा ९० लाख रुपैयाँ नगद रहेको जनाइएको भए तापनि सो रकम कुन बैंकमा छ भन्ने स्पष्ट खुलाइएको छैन । मन्त्री लम्सालको सेयर बजार कारोबारसम्बन्धी विवरण पनि सार्वजनिक गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण