शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आईपीएल २०२६

आइपिएलमा मुम्बई विरुद्ध आरसीबी १८ रनले विजयी

सोमबार, ३० चैत २०८२, ०० : १३
सोमबार, ३० चैत २०८२

सारांश

  • इन्डियन प्रिमियर लिग अन्तर्गतको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ।
  • आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २४० रनको विशाल योगफल तयार पारेको थियो।
  • २४१ रनको लक्ष्य पछ्याएको मुम्बईले ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको उच्च स्कोरको रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २४० रनको विशाल योगफल तयार पारेको थियो । आरसीबीका लागि फिल सल्टले विस्फोटक ब्याटिङ गर्दै मात्र ३६ बलमा ७८ रन बनाए । त्यस्तै, रजत पाटीदारले २० बलमा ५३ रन तथा विराट कोहलीले ३८ बलमा ५० रनको अर्धशतकीय पारी खेले ।

२४१ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि शेरफेन रदरफोर्डले अविजित रहँदै ३१ बलमा सर्वाधिक ७१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनलाई हार्दिक पाण्ड्याले २२ बलमा ४० तथा रायन रिकेटनले २२ बलमा ३७ रन बनाएर साथ दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप