बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सम्पत्ति विवरण सार्वजनिक

अर्थमन्त्री वाग्लेको ९ ठाउँमा जग्गा, १ लाख कित्ता भन्दा बढी सेयर

आइतबार, २९ चैत २०८२, १९ : ३८
आइतबार, २९ चैत २०८२

सारांश

  • अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग विभिन्न ९ ठाउँमा जग्गा रहेको छ।
  • मन्त्री वाग्लेसँग ४५ तोला सुन र विभिन्न कम्पनीमा गरी १ करोड ९० लाख रुपैयाँ नगद मौज्दात छ।
  • उनको स्वामित्वमा झण्डै १ लाख कित्ता प्रोमेटर सेयर र ५ करोड ५० लाख रुपैयाँ बराबरको अन्य सेयर रहेको छ।

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेसँग विभिन्न ९ ठाउँमा जग्गा छ । वाग्लेले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार यस्तो देखिएको हो। 

विवरण अनुसार काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैसेपाटीमा ४ आना लगायत धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिका समेत जग्गा रहेको छ। 

त्यस्तै, उनीसँग ४५ तोला सुन छ । यो पारिवारिक तथा रोजगारीबाट आर्जन गरेको विवरण छ । विभिन्न कम्पनीमा गरी उनीसँग १ करोड ९० लाख रुपैयाँ रहेको छ। 

उनीसँग सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको गरी झण्डै १ लाख कित्ता प्रोमेटर सेयर र अन्य ५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख छ। 

त्यस्तै, ९४ लाख रुपैयाँ पर्ने सुवानु एसभी समेत रहेको देखिन्छ।

यस्ताे छ सम्पत्ति विवरण 

123

4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप