नयाँ वर्षमा बेगनास तालमा ‘माछा महोत्सव’
गण्डकी । नेपाली नयाँ वर्ष २०८३ लाई स्वागत गर्न होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले सोमबार बेगनास ताल किनारमा माछा महोत्सव गर्ने भएको छ ।
संस्थाका अध्यक्ष सुरेश लामिछानेले वेगनास तालसहित लेखनाथ क्षेत्रका तालहरूको प्रचारप्रसारका साथै तालमा माछा उत्पादन गरी आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव गर्न लागिएको बताए ।
उनका अनुसार सोमबार दिउँसो २ः०० बजेबाट औपचारिक रूपमा सुरु हुने महोत्सव विविध सांस्कृतिक कार्यक्रमसहित राति १२ः०० बजेपछि नयाँ वर्षलाई स्वागत गर्दै सम्पन्न हुनेछ ।
महोत्सवमा बेगनास, रुपालगायत लेखनाथमा भएका अन्य तालबाट पनि माछा ल्याएर बिक्री वितरणको व्यवस्था मिलाइनुका साथै माछाका परिकारको बिक्री तथा प्रवर्द्धन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा गायिका रचना रिमालसँगै पोखरेली ब्यान्ड, माया गुरुङ, बालचन्द्र बराललगायत स्थानीय कलाकारको प्रस्तुतिका साथै भजनकीर्तन र मनोरञ्जनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण