चिडियाखानाको पोखरीमा डुबेका पुरुषको मृत्यु
सोमबार, ३० चैत २०८२, १२ : २८
सारांश
- ललितपुरको जावलाखेलस्थित चिडियाखानाको पोखरीमा एक पुरुष डुबेको अवस्थामा फेला परेका छन्।
- उद्धार गरी पाटन अस्पताल लगिएका अन्दाजी ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
- प्रहरीले ती पुरुषको मृत्युको कारण र चिडियाखानामा प्रवेश गरेको विषयमा अनुसन्धान गरिरहेको छ।
ललितपुर । ललितपुरको जावलाखेलस्थित चिडियाखानाभित्र एक पुरुष डुबेको अवस्थामा फेला परेका छन्। सोमबार बिहान पोखरीमा डुबेको अवस्थामा भेटिएका ती पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अन्दाजी ५५ वर्षीय पुरुषलाई उद्धार गरी तत्काल पाटन अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
ती पुरुष चिडियाखानाभित्र कसरी र कहिले प्रवेश गरे तथा डुबेर ज्यान कसरी गयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण