सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ को उपाधि प्रशिक्षण प्रतिष्ठानलाई
सारांश
- सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ को रनिङ्ग ट्रफी राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानले जितेको छ।
- प्रतियोगितामा ८ स्वर्ण, ५ रजत र ४ कास्यसहित कुल १७ पदक जितेर प्रतिष्ठान प्रथम भएको छ।
- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विजयी खेलाडी तथा टिमलाई मेडल र प्रमाणपत्र प्रदान गरेका छन्।
सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ को उपाधि प्रशिक्षण प्रतिष्ठानलाई
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ को रनिङ्ग ट्रफी राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानले जितेको छ । सशस्त्र प्रहरीको मुख्यालय हल चोकमा सोमबार भएको प्रतियोगितामा ८ स्वर्ण, ५ रजत र ४ कास्यसहित कुल १७ पदक जितेर प्रतिष्ठान प्रथम भएको हो ।
प्रतियोगितामा ७ स्वर्ण, ८ रजत र ६ कास्य पदकसहित सशस्त्र प्रहरी नम्बर–९ पशुपतिनाथ बाहिनी द्धितिय र ४ स्वर्ण तथा २ रजतसहित नम्बर–१ बराह बाहिनी तृतीय भएका छन् । समापन समारोहका मुख्य अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रथम हुन सफल प्रतिष्ठानका कार्यकारी निर्देशक डीआईजी पुरुषोत्तम थापालाई रनिङ्ग ट्रफी तथा नगद पुरस्कार प्रदान गरे ।
सो अवसरमा आईजी अर्यालले विजयी टिम तथा खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरे । उनले उत्कृष्ट खेलाडी, प्रशिक्षक, अफिसियल र नेपाल एपीएफ क्लबलाई सहयोग पुर्याउने विभिन्न सङ्घ संस्थालाई समेत कदरपत्रद्वारा सम्मान गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बलले आफ्नो मुख्य जिम्मेवारीका अतिरिक्त खेलकुद क्षेत्रको विकास र विस्तारमा निरन्तर योगदान दिँदै आएको बताए ।
उनले भने, ‘यस्ता प्रतियोगिताले सङ्गठनभित्र रहेका लुकेका प्रतिभा पहिचान गर्नुका साथै खेलाडीहरूमा अनुशासन, कर्तव्यपरायणता, नेतृत्व क्षमता र सामूहिक भावनाको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।’
नेपाल एपीएफ क्लबको आयोजनामा चैत २४ गतेदेखि सञ्चालित यस प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान र विभिन्न बाहिनी मुख्यालयका गरी कुल ९ वटा टिमको सहभागिता थियो । प्रतियोगितामा फुटबल, भलिबल र एथलेटिक्स विधाका खेलहरू समावेश गरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
-
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण