बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : सम्पत्ति विवरण सार्वजनिक भएसँगै उठ्यो प्रश्न, बालेन शाह नेतृत्वको सरकारप्रति पूर्वराजा नरम

सोमबार, ३० चैत २०८२, २२ : ००
सोमबार, ३० चैत २०८२

आज २०८२ चैत ३० गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा सम्पत्ति विवरण सार्वजनिक भएसँगै उठ्यो प्रश्न, समाज कल्याण परिषदलाई भाडा नतिर्ने २० संघ–संस्थाको कार्यालयमा ताला, वर्ष २०८२ लाई फर्केर हेर्दा, बालेन शाह नेतृत्वको सरकारप्रति पूर्वराजा नरम, नौ वटा बैंकले ब्याजदर घटाउँदा कृषि विकास बैंकले बढायो, महान्यायाधिवक्ताको योग्यतामा प्रश्न उठाउँदै रिट दर्ता, सांसद खुस्बु ओलीले साइबर ब्युरोमा दिइन् उजुरी लगायत छन् ।

१. सम्पत्ति विवरण सार्वजनिक भएसँगै उठ्यो प्रश्न
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएसँगै प्रश्न उठ्न थालेको छ । केही मन्त्रीको सम्पत्ति विवरणलाई लिएर प्रश्न उठेको हो ।

२. समाज कल्याण परिषदलाई भाडा नतिर्ने २० संघ–संस्थाको कार्यालयमा ताला
भृकुटी मण्डपस्थित समाज कल्याण परिषदको भवन भाडामा लिएर परिषदलाई भाडा नतिरेका २० संघ–संस्थाको कार्यालयमा ताला लगाइएको छ ।

३. वर्ष २०८२ लाई फर्केर हेर्दा
२०८२ सालमा भएका विभिन्न घटनाक्रमका आधारमा रातोपाटीले वर्ष समीक्षा गरेको छ । 

४. बालेन शाह नेतृत्वको सरकारप्रति पूर्वराजा नरम
पूर्वराजा ज्ञानेन्द्र शाह वर्तमान सरकारप्रति नरम देखिएका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिएका पूर्वराजा शाह रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारप्रति नरम देखिएका छन् । उनी यसअघि पुराना दलहरूको सरकारप्रति आक्रामक देखिएका थिए ।

५. नौ वटा बैंकले ब्याजदर घटाउँदा कृषि विकास बैंकले बढायो
वाणिज्य बैंकहरूले वैशाख महिनाको ब्याजदर सार्वजनिक गरेका छन् । १० वटा बैंकले ब्याजदर स्थिर राख्दा ९ वटा बैंकले घटाएका छन् । वैशाखका लागि कृषि विकास बैंकले मात्र व्याजदर बढाएको छ ।

६. महान्यायाधिवक्ताको योग्यतामा प्रश्न उठाउँदै रिट दर्ता
महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले सोमबार रिट दर्ता गराएका हुन् । 

७. सांसद खुस्बु ओलीले साइबर ब्युरोमा दिइन् उजुरी
राप्रपाकी सांसद खुस्बु ओलीले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । सामाजिक सञ्जालमा भएको दुष्प्रचारविरुद्ध उनले उजुरी दिएकी हुन् ।

८. भीआईपीलाई ‘पिर्के’ सलामी अनिवार्य हो ?
गृहमन्त्री सुधन गुरुङले ‘पिर्के’ सलामी नलिने घोषणा गरेको विषय चर्चामा छ । भीआईपीलाई ‘पिर्के’ सलामी किन दिइन्छ र यो कति आवश्यक हो भन्नेबारे रातोपाटीले विज्ञसँगको प्रतिक्रियाका आधारमा सामग्री तयार पारेको छ ।

९. बालेन सरकारप्रति कलाकारको अपेक्षाका चाङ
बालेन शाह नेतृत्वको सरकारप्रति कलाकारले अपेक्षाका चाङ राखेका छन् । प्रधानमन्त्री शाह आफैँमा एक कलाकार रहेका कारण पनि कला क्षेत्रले उनको कार्यकालमा उल्लेख्य सुधार हुने अपेक्षा गरेको छ ।

१०. रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा
रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिइएको छ । चितवन जिल्ला अदालतले लामिछानेलाई त्यस्तो सुविधा दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप