महान्यायाधिवक्ता कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दर्ता
सारांश
- महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।
- वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले सोमबार उक्त रिट दर्ता गराउनुभएको हो।
- सर्वोच्च अदालतले उक्त रिटको पेसी आगामी वैशाख ३ गतेका लागि तोकेको छ।
काठमाडाैँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले साेमबार सर्वाेच्च अदालतमा रिट दर्ता गरेका हुन् ।
महान्यायाधिवक्ताको योग्यतामाथि प्रश्न उठाउदै रिट दायर गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । उक्त रिटको पेसी आउँदो वैशाख ३ गतेका लागि तोकिएको छ।
यसअघि बस्नेतको रिट गत चैत २७ गते सर्वोच्च अदालतका रजिष्ट्रारले दरपीठ गरिदिएका थिए । दरपिठविरुद्ध बस्नेतले सोमबार इजलास समक्ष निवेदन दिएका हुन्। उक्त निवेदनमाथि वैशाख ३ गते सुनुवाइ हुनेछ।
लामो समय बेलायत बसेर आएका कडेलसँग महान्यायाधीवक्ता हुन संविधानको धारा १५७ (३) र १२९ (५) ले निर्धारण गरेको योग्यता नभएको जिकिर बस्नेतले गरेका छन्।
धारा १५७ (३) अनुसार महान्यायाधीवक्ता हुन सर्वोच्च अदालतको न्यायाधीश सरहको योग्यता हुनुपर्ने उल्लेख छ। कँडेलसँग १५ वर्ष निरन्तर वकालत गरेको योग्यता नभएको दाबी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
-
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
-
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
-
उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण