खुस्बु ओलीले दिइन् साइबर ब्युरोमा उजुरी
सोमबार, ३० चैत २०८२, १९ : ४०
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमा भएको दुष्प्रचारविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन्।
- उनले आफूविरुद्ध सुनियोजित रूपमा फैलाइएको भ्रामक सूचना र चरित्रहत्या गर्ने कार्यविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिइन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की सांसद खुस्बु ओलीले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले सोमबार सामाजिक सञ्जाल एक्समार्फत आफूले उजुरी दर्ता गराएको जानकारी दिइन् । सामाजिक सञ्जालमा दुष्प्रचार भएको भन्दै उनले उजुरी दिएकी हुन्।
आफू विरुद्ध सामाजिक सञ्जालमार्फत सुनियोजित रूपमा फैलाइएको दुष्प्रचार, भ्रामक सूचना तथा चरित्रहत्या गर्ने उद्देश्यले गरिएको गतिविधिविरुद्ध नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी दर्ता गराएको सांसद ओलीले बताइन्।
साइबर दुरुपयोग र दुष्प्रचारविरुद्ध कानुनी राज्यको प्रक्रियाअनुसार आवश्यक सबै कदम निरन्तर रूपमा अघि बढाउने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण