भ्रष्टाचार निवारण र सुशासनका लागि नयाँ वर्ष आधार वर्ष बनोस् : पूर्वअध्यक्ष खिलराज रेग्मी
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्ष २०८३ लाई भ्रष्टाचार निवारण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउने 'आधार वर्ष' का रूपमा मनाउनुपर्नेमा जोड दिएका छन्। नयाँ वर्षको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले आगामी वर्ष आम नेपालीको उन्नति र प्रगतिका लागि विशेष वर्षका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका हुन्।
नेपालको राजनीतिक इतिहासमा प्रजातन्त्र र जनअधिकारका लागि पटक-पटक क्रान्ति र आन्दोलन भए पनि सुशासनको मुद्दा केवल कागजमा मात्र सीमित भएको उनले बताए। पूर्वअध्यक्ष रेग्मीले भने, "भ्रष्टाचार निवारण र सुशासनको विषय सधैँ प्रतिबद्धतामा मात्र रह्यो, व्यवहारमा कहिल्यै सार्थक हुन सकेन।" उनले अबको समय गफभन्दा पनि परिणाममुखी कामको हुनुपर्ने धारणा राखे।
विशेष गरी 'जेनजी' आन्दोलनले भ्रष्टाचार निवारण र सुशासनको मुख्य दिशानिर्देश गरेको उल्लेख गर्दै उनले आन्दोलनकारीको बलिदान र भावनाअनुसार अघि बढ्नु सबैको कर्तव्य भएको स्पष्ट पारे। पूर्वप्रधानन्यायाधीश समेत रहेका रेग्मीले सरकारको हालको कार्यशैली सकारात्मक दिशामा उन्मुख रहेको भन्दै सन्तोष व्यक्त गरे।
सुशासन भनेको विधिको शासन भएको स्मरण गराउँदै उनले नववर्षले सबैमा नयाँ उत्साह र उमङ्ग भर्ने अपेक्षा गरेका छन्। राष्ट्र निर्माण र समस्त नेपालीको समुन्नतिका लागि यो वर्ष कोशेढुङ्गा सावित होस् भन्दै उनले सबैमा मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण