तस्बिरमा नयाँ वर्षको पहिलो सूर्योदय
सारांश
- विक्रम संवत् २०८३ सालको पहिलो दिन आज देशभर हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै छ।
- सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिमा प्रवेश गरेको अवसरमा वैशाख सङ्क्रान्ति मनाइएको हो।
- मानिसहरूले आज बिहानै नुहाएर, मन्दिर दर्शन गरी र शुभकामना आदानप्रदान गरेर नयाँ वर्षको सुरुवात गरेका छन्।
काठमाडौँ । आज विक्रम संवत् २०८३ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । देशभर एक आपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ ।
_8oizJDwqEr.jpg)
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको छ ।
_0rfOdg3qcr.jpg)
सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।
_RNmxJL56ja.jpg)
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता, असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । यस दिन बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउँछन् ।
_FytzWz4thi.jpg)
_NlJD1nEasm.jpg)
_GlOSdhdGOY.jpg)
_InNBBAhr1R.jpg)
_rDnZ22rbue.jpg)
_iAZNy9iM8L.jpg)
_Q5koYlk7SM.jpg)
_CqrJa3cXza.jpg)
_Fx5kA5iqn8.jpg)
_7nRlk5Za4u.jpg)
_58pxqtChvb.jpg)
_tnL6DX5t0Y.jpg)
_jfCbsHQUMW.jpg)
_YjrLgUYnHG.jpg)
_Gcf7MkNkBT.jpg)
_cxWgsCds2Q.jpg)
तस्बिर : कृष्ण खड्का/सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण