विभागद्वारा एकैदिन ५४ फर्ममा अनुगमन गर्दै निर्देशन
मङ्गलबार, ०१ वैशाख २०८३, ०७ : ०७
काठमाडौँ । बजार अनुमगन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ । एकैदिन ५४ वटा व्यापारिक प्रतिष्ठान र फर्ममा विभागले अनुमगन गरेको हो ।
कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको कारोबार नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि विभागले सोमबार एकैदिन ५४ वटा फर्ममा अनुगमन गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले उल्लेख गरेको छ । विभागले काठमाडौँ महानगरपालिका-१४ मा अवस्थित खसीबजार आसपासका क्षेत्रमा अनुमगन गरेको थियो ।
विभागले सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी, सरोकार भएकाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजारको अनुमगन गर्दै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण