जनअपेक्षा अनुसार सेवा सुधारमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।
- मुख्यमन्त्री आचार्यले जनअपेक्षा अनुसार सेवा प्रवाहलाई सहज, प्रभावकारी र जनमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
- उनले प्रदेशको दिगो विकासका लागि उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा विशेष जोड दिइएको उल्लेख गरेका छन्।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि तथा भ्रष्टाचार नियन्त्रणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
नयाँ वर्ष २०८३ को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले जनअपेक्षा अनुसार सेवाप्रवाहलाई सहज, प्रभावकारी र जनमैत्री बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
मुख्यमन्त्री आचार्यले संविधानले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनमार्फत प्रदेशको दिगो विकासका लागि विभिन्न नीति, कार्यक्रम तथा योजनाहरू कार्यान्वयनमा रहेको जानकारी दिए।
उनका अनुसार स्थानीय स्रोत, साधन र उत्पादनमा आधारित उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन तथा रोजगारी सिर्जनामा विशेष जोड दिइएको छ। शून्यबाट सुरु भएको प्रदेश संरचनालाई संस्थागत गर्दै सबल, सक्षम र उत्तरदायी शासन प्रणाली निर्माणमा उल्लेखनीय प्रगति हासिल भएको उनको दाबी छ।
उनले नयाँ वर्ष पात्रो परिवर्तन मात्र नभई विगतको समीक्षा गर्दै भविष्यतर्फ स्पष्ट दिशामा अघि बढ्ने महत्वपूर्ण अवसर भएको बताए । वर्तमान परिवेशमा राजनीतिक स्थायित्व, सुशासन र विकासबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै समावेशी, न्यायपूर्ण र समुन्नत समाज निर्माणमा सबैको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ।
मुख्यमन्त्री आचार्यले नयाँ वर्ष २०८३ ले सकारात्मक सोच, एकता र सहकार्यको भावना अभिवृद्धि गर्दै समृद्ध प्रदेश र समुन्नत नेपालको यात्रामा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण