कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना
बाजुरा । पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आज इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना भएसँगै यहाँका चार पालिकाका नागरिकले राज्यबाट प्रवाह हुने सेवा लिनका लागि पाँच घण्टा लगाएर मार्तडीमा धाउनुपर्ने बाध्यता हटेको छ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार गृह मन्त्रालयको परिपत्रअनुसार कोल्टीमा इलाका प्रशासन कार्यालयको निर्णयबमोजिम कार्यालय स्थापना गरी सञ्चालन गर्न निर्देशनपछि आज औपचारिक रूपमा उद्घाटन गरिएको हो । इलाका प्रशासन कार्यालयको भवन निर्माणको लागि जग्गा खरिदको प्रक्रिया अघि बढेर आवश्यक बजेटको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए।
नागरिकता, राहदानी, मालपोत र नापीको कामका लागि सदरमुकाम धाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै सरकार नौ जिल्लामा इलाका प्रशासन कार्यालय बनाउने निर्णय गरेको थियो।
पूर्वी उत्तरी भेगका हिमाली, स्वामीकार्तिक खापर, जनन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका नागरिकले राज्यबाट पाउने सेवा सुविधा लिन १० हजार खर्च गरेर सेवा लिनुपर्ने अवस्था रहेको थियो । यहाँका स्थानीय तह, राजनितिक दल र प्रशासनसहितको नागरिकको मागअनुसार सरकारले चार पालिकाका नागरिकले मार्तडी धाउनुपर्ने बाध्यता टरेको छ।
वैशाख १ गते बिदाको दिन कार्यालय उद्घाटन गरिएको भए पनि बुधबारदेखि भने नियमित रूपमा सेवा सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए । मालपोत र नापी कार्यालयले पनि जग्गा नक्सा पास र मालपोतले जग्ना नामसारीलगातय कार्यको सेवा दिनेगरी स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण