सृजना केसी हत्या प्रकरण : ज्वाईं र अर्का भान्जा पनि पक्राउ
पोखरा । पोखरामा भएको सृजना केसीको हत्या प्रकरणमा मंगलबार थप दुई जना पक्राउ परेका छन् । पोखराको सभागृह चोक नजिकै केही दिनअघि केसीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
कास्की प्रहरीले यसअघि नै दुई जना मुख्य प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिसकेको थियो । अनुसन्धान र बयानका आधारमा पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए।
पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल पोखरा ५ जिरो किलोमिटर बस्ने २४ वर्षीय बसन्त केसी र पर्वतको फलेवास नगरपालिका वडा नम्बर ९ घर भई हाल पोखरा १६ लामाचौर बस्ने २७ वर्षीय नवराज पौडेल क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरू केसीका ज्वाईं र भान्जा नाता पर्ने बताइएको छ । पक्राउ परेका उनीहरूलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । यसअघि कुश्माका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र पोखराका ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको थियो।
चैत २५ गते बेलुका पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सभागृह चोक नजिकै रहेको शिवालय चोकमा उक्त घटना भएको थियो ।
पक्राउ परेका चारै जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ । सम्पत्ति विवादका कारण घटना भएको हालसम्मको अनुसन्धानले देखाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सडकको दुरावस्था र लापरबाहीमा सरकारी निकायलाई पनि मुद्दा लगाउन सकिने व्यवस्था पहिल्यैदेखि छ’
-
रातोपाटीकर्मी गिरी ‘म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान २०८२’ बाट सम्मानित
-
धमाधम जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन माग्दै नेताहरू
-
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
-
बेन स्टोक्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण