च्याम्पियन्स लिग
दोस्रो लेगमा जितेर पनि बार्सिलोना बाहिरियो, एथ्लेटिको म्याड्रिड सेमिफाइनलमा
बुधबार, ०२ वैशाख २०८३, ०४ : ०८
सारांश
- दोस्रो लेगमा एथ्लेटिको म्याड्रिडलाई २-१ गोलले पराजित गरे पनि बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ।
- समग्रमा ३-२ को नतिजाका कारण एथ्लेटिको म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ।
काठमाडौँ । च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट स्पेनिस महारथी बार्सिलोना बाहिरिएको छ । क्वाटरफाइनलको दोस्रो लेगमा एथ्लेटिको म्याड्रिडलाई २–१ ले पराजित गरे पनि समग्रमा ३–२ को नतिजाका कारण बार्सिलोनाको यात्रा टुङ्गिएको हो ।
यो नतिजासँगै एथ्लेटिको म्याड्रिडले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
बुधबार सम्पन्न दोस्रो लेगमा बार्सिलोनाका लागि लामिन यमलले खेलको चौथो मिनेटमा र फेरान टोरेसले २४ औँ मिनेटमा गोल गरेका थिए । घरेलु टोली एथ्लेटिकोका तर्फबाट एडेमोला लुकम्यानले ३१ औँ मिनेटमा एक गोल फर्काए ।
पहिलो लेगमा एथ्लेटिकोले २–० को जित निकालेको थियो । सोही अग्रताका कारण दोस्रो लेगको हारले पनि एथ्लेटिकोको सेमिफाइनल यात्रा रोक्न सकेन र बार्सिलोनाका लागि आजको जित अपर्याप्त साबित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा–मुग्लिन सडक विस्तार : दोस्रो म्याद सकिनै लाग्यो, सकिएन काम
-
परेराको कीर्तिमान तोड्दै वैभव सूर्यवंशीले रचे इतिहास
-
गोरखाको आहालडाँडामा दुई करोडको लागतमा गोरखनाथ मन्दिर निर्माण हुँदै
-
प्रदेशलाई टेर्दैनन् गण्डकीका पालिका, पठाउनुपर्ने पौने १९ अर्ब आफ्नै खातामा
-
बजेटमा ‘एक हजार’का योजनाको बाढी, कार्यविधि र सुशासनको धज्जी !
-
ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण