काठमाडौँमा यस्तो छ रात्रिकालीन बसको रुट
काठमाडौँ। नयाँ वर्षसँगै काठमाडौँ उपत्यकामा हिजोदेखि रात्रिकालीन बस सेवा सुरु भएको छ । काठमाडौँ, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठका स्थानीय तहको सहकार्यमा सञ्चालनमा आएको यस सेवाले रातिको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
हाल सात वटा बस सञ्चालनमा ल्याइएका छन् । बसमा वाइफाइ सुविधा, सिसीटिभी निगरानी र सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था गरिएको छ । बसहरू निर्धारित रुटमा नियमित अन्तरालमा सञ्चालन हुने महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन् ।
उनका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाको लगनखेलबाट बूढानीलकण्ठसम्म, बूढानीलकण्ठबाट लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टबाट थानकोटसम्मको रुटमा विद्युतीय बससेवा सञ्चालन भएका छन् ।
ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट रहेको छ । उत्तरदक्षिणतर्फ पर्ने यो १६ किलोमिटरको एकतर्फी रुट हुने महानगरले जनाएको छ ।

थानकोटबाट सतुङ्गल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्वपश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो । यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन भएको महानगरले जानकारी दिएको छ ।
रात्रिकालीन बस सेवा हाल साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरिएको हो । प्रारम्भिक चरणमा लागत व्यवस्थापन साझा यातायातले गर्ने र आगामी दिनमा स्थानीय तहले साझेदारी मोडेलमा खर्च व्यहोर्ने जनाइएको छ ।
यस सेवाले रातिको समयमा सुरक्षित, सहज र भरपर्दो सार्वजनिक यातायातको अभावलाई कम गर्ने विश्वास गरिएको छ । बस राति ८ देखि ११ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर स्वच्छ खानेपानी आपूर्ति सुनिश्चित गर्न संसदीय समितिको निर्देशन, १५ दिनभित्र कार्ययोजना माग
-
लुम्बिनी प्रदेशसभाको बैठक सुरु, चार मन्त्रालयको बजेटमाथि छलफल जारी
-
किन स्थगित भयो प्रतिनिधिसभा बैठक ?
-
सभामुखको मान मर्दन हुने शब्द संसद्को रेकर्डबाट हटाउन माग
-
अनलाइन ठगीको दायरा बढ्दै, १६ प्रकारले ठगिन्छन् सर्वसाधारण
-
सभामुखलाई राजेन्द्र राईको चुनौती : कुरा बुझिसकेँ, खुट्टी हेरिसकेँ, तपाईंले ५ वर्ष संसद् चलाउनुहुन्न !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण