नेपाललाई ‘बफर स्टेट’ उल्लेख गरेकोमा एमाले नेता ज्ञवालीको आपत्ति
सारांश
- एमाले नेता प्रदीप ज्ञवालीले सरकारले नेपाललाई 'बफर स्टेट' उल्लेख गरेकोमा आपत्ति जनाएका छन्।
- ज्ञवालीले नेपालको भूराजनीतिक अवस्थालाई कहिल्यै 'बफर राज्य' नभनिएको भन्दै सरकारी मस्यौदाको भाषाप्रति असहमति व्यक्त गरेका छन्।
काठमाडौँ । पूर्वपरराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले सरकारले नेपालको भूराजनीतिक अवस्थितिलाई ‘बफर स्टेट’ उल्लेख गरेकोप्रति आपत्ति जनाएका छन् । नेता ज्ञवालीले भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ नभनिएको भन्दै नयाँ सरकारको भाषाशब्दप्रति सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।
बालेन्द्र (बालेन) शाह सरकारले राष्ट्रिय दलका घोषणापत्र समेत समेटेर मंगलबार राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको थियो । ‘भर्खरै सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धताको बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजका रूपमा रूपान्तरण गर्ने’ र ‘सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गर्ने’ विषय उल्लेख गरिएको रहेछ’, ज्ञवालीले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ । नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै बफर राज्य भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन् ।
हाम्रा छिमेकीहरूबिच अनन्त दुष्मनी र द्वन्द्व नभएको स्मरण गर्दै ज्ञवालीले यस्तो शब्दको प्रयोग प्रासङ्गिक नदेखिने प्रस्ट पारेका छन् । बरु यही कुरा यही कुरा समनिकटता र समदूरीका हकमा पनि लागू हुने बताएका छन् ।
राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय भएको भन्दै नेता ज्ञवालीले मुद्दा, साझेदारी र सन्दर्भ अनुसार हाम्रा सम्बन्धका आयाम फरक हुन सक्ने बताएका छन् ।
‘त्यस अर्थमा हाम्रा सम्बन्धहरूमा सधैँभरि उही मापन र आयतन नरहन पनि सक्छ’, ज्ञवालीले भनेका छन्,‘सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण