पूर्वमन्त्री दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै
सारांश
- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
- कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ।
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
यसअघि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा,राजस्व अनुसन्धान विभागको अनुरोधपत्र र थुनाको कारणसहितको लिखित जवाफ बिहीबार १२ बजेसम्म पेस गर्न आदेश दिएको थियो ।
खड्कालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी विनीता थापाले सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी थिइन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण