शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सम्पत्ति विवरणको विषयमा बाेले गृहमन्त्री

बिहीबार, ०३ वैशाख २०८३, १४ : ५७
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका विषयमा फैलिएको भ्रम नफैलाउन आग्रह गरेका छन्।
  • उनले सार्वजनिक भएको सम्पत्ति विवरण आफ्ना हजुरबुवाको अंशबण्डा नहुँदैको अवस्थाको रहेको स्पष्ट पारेका छन्।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणको विषयलाई लिएर आएको प्रश्नको जवाफ दिएका छन् । 

बिहीबार संघीय संसद् सचिवालयको प्राङ्गणमा उनले सञ्चारकर्मीहरुलाई सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन अनुरोध गरे । 

उनले भने,‘अहिले आएकोसम्पत्ति विवरण आफ्नो हजुरबुवाको अंशबण्डा नहुँदैको रहेको थियो ।’

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ८९ तोला सुन, करोडौँको सेयर लगानी रहेको पाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप