क्विन्टन डी ककको शतकका बाबजुद मुम्बई पराजित, पञ्जाबको सानदार जित
सारांश
- इन्डियन प्रिमियर लिगमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ।
- मुम्बईका क्विन्टन डी ककले शतक प्रहार गरे पनि टोलीले हार व्यहोर्नु परेको छ।
- पञ्जाबको जितमा प्रभसिमरन सिंह र श्रेयस अय्यरले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका छन्।
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबार भएको खेलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ ।
मुम्बईले प्रस्तुत गरेको १९६ रनको लक्ष्य पञ्जाबले २१ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पूरा गर्यो । यसअघि पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो ।
मुम्बईका लागि क्विन्टन डी ककले उत्कृष्ट प्रदर्शन गर्दै ६० बलमा अविजित ११२ रनको शतकीय पारी खेले । त्यस्तै, नमन धीरले ३१ बलमा ५० रनको योगदान दिए । बलिङतर्फ पञ्जाबका लागि अर्शदीप सिंहले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए ।
१९६ रनको विजयी लक्ष्य पछ्याएको पञ्जाबले १६.३ ओभरमा १९८ रन बनाउँदै सहज जित दर्ता गर्यो । पञ्जाबको जितमा प्रभसिमरन सिंहले ३९ बलमा अविजित ८० रन बनाए भने श्रेयस अय्यरले ३५ बलमा ६६ रनको महत्वपूर्ण पारी खेले । मुम्बईका लागि बलिङमा अल्लाह गजनफरले २ विकेट लिन सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण