कांग्रेसकाे आधिकारिकता विवाद रिटमा आज पनि सुनुवाइ हुँदै
सारांश
- नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा आज सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ।
- न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पक्षबाट बहस हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादको रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । नेपाली कांग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिटमा बिहीबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि सुनुवाइमा राखिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । देउवा पक्ष र आयोगको तर्फबाट सरकारी वकिलको बहस सकिएको छ । आज रिटमा विपक्षी बनाइएका कांग्रेस सभापति थापा र उपभापति विश्वप्रकाश शर्माका तर्फबाट प्रतिरक्षा हुनेछ ।
यसअघि सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । २०८२ माघ ६ मा न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोग सहितको नाममा लिखित जवाफ पेस गर्न आदेश जारी गरेको थियो ।
निर्वाचन आयोग, नेपाली कांग्रेस पार्टी कार्यालय र सभापति गगन थापाले लिखित जवाफ पेस गरेसँगै सुनुवाइका लागि पेसी तोकिएको थियो । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद भएको थियो ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अदालतमा रिट दर्ता गराएका थिए । रिट निवेदनमा कांग्रेस नेता देउवा र पूर्णबहादुर खड्काको वारेसले श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै भङ्ग गर्न माग गरिएको छ ।
देउवा पक्षले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने उल्लेख गर्दै विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आन्तरिक विवाद मिलाउन नेता फेरिएको फेरियै, उपलब्धि शून्य
-
चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण