सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

प्रशासनको आँखा छलेर बाल विवाह, कार्ड छाप्नेदेखि खाना पकाउनेसम्म कारबाहीको दायरामा

शुक्रबार, ०४ वैशाख २०८३, १२ : २२
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • भारतको मध्य प्रदेशस्थित राजगढ जिल्लामा प्रशासनको आँखा छलेर बालविवाह भएको घटना सार्वजनिक भएको छ।
  • प्रहरीले बेहुला-बेहुलीका अभिभावकसहित बालविवाहमा संलग्न पण्डित, प्रिन्टिङ प्रेस सञ्चालक, खाना पकाउने र टेन्ट व्यवसायीलाई समेत मुद्दा चलाएको छ।

काठमाडौँ । बाल विवाहलाई सबैजसो मुलुकले प्रतिबन्ध लगाएका छन् । यद्यपि, प्रशासनको आँखा छलेर यदाकदा बालविवाह भएका घटना प्रकाशमा आउने गरेका छन् ।

भारतमा पनि बाल विवाहमाथि प्रतिबन्ध लगाइएको छ । यद्यपि मध्य प्रदेश राज्यको राजगढ जिल्लामा हालै प्रशासनको आँखा छलेर बाल विवाह भएको घटना प्रकाशमा आएको छ ।

भोजपुर थाना क्षेत्र अन्तर्गत कुशलपुरा गाउँमा बाल विवाह हुन लागेको सूचना पाएर प्रशासन पुग्दा गाउँलेले नै सो घटना लुकाउन मद्दत गरेका थिए  । विवाह सम्पन्न भएपछि फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुन थाल्यो । त्यसपछि प्रशासनले ‘एक्सन’ लिएको हो ।

प्रहरीले बाल विवाहको कसुरमा मुद्दा प्रक्रिया अघि बढाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बेहुला–बेहुलीको आमाबुवामात्र नभएर बाल विवाहमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सामेल भएका सबैलाई आरोपित बनाएर मुद्दा प्रक्रिया अघि बढाइएको छ ।

विवाहको विधि पूरा गराउने पण्डित, विवाहको निमन्त्रणा कार्ड छाप्ने प्रिन्टिङ प्रेसका सञ्चालकदेखि लिएर खाना बनाउने समूहका सदस्य, टेन्ट भाडामा लगाउने व्यवसायी, विवाहका लागि घोडा उपलब्ध गराउने एजेन्टसहितलाई विपक्षी बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप