मोटरसाइकल दुर्घटनामा मृत्यु भएकाको सनाखत
हेटौँडा । धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल ठोक्किँदा मृत्यु भएका एक जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा बा प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकलमा पछाडि सवार मकवानपुरको बागमती गाउँपालिका–७ फापरबारी निवासी ४१ वर्षीय सूर्यबहादुर थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
हेटौँडाबाट फुर्केचौरतर्फ आउँदै गरेको ना३९प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठोक्किँदा गम्भीर घाइते भएका थोकरको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोही दुर्घटनामा परी मकवानपुरको बागमती गाउँपालिका–६ निवासी ४० वर्षीय अन्तबहादुर बिसी, हेटौँडा उउपमहानगरपालिका–१८ निवासी ३५ वर्षीय राजु थिङ र प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१८ निवासी ३८ वर्षीय सूर्यमणि खतिवडा र १२ वर्षीय प्रशान्त वाइबा घाइते भएका छन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण