हर्मुजमा फेरि तनाव : इरानी सेनाद्वारा गोली प्रहार, २३ जहाज बाटोबाटै फर्काइए
सारांश
- स्ट्रेट अफ हर्मुजमा इरानी सेनाले व्यापारिक जहाजहरूमाथि गोली प्रहार गरेको छ।
- अमेरिकी नौसैनिक नाकाबन्दीको जवाफमा इरानले उक्त जलसन्धि बन्द गर्ने घोषणा गरेको छ।
- अमेरिकाले हालसम्म २३ वटा व्यापारिक जहाजहरूलाई हर्मुज जलसन्धिको बाटोबाट बलपूर्वक फिर्ता गराएको छ।
काठमाडौँ। पश्चिम एसियाको रणनीतिक महत्त्वको जलक्षेत्र स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबिच फेरि तनाव देखिएको छ ।
इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका बीच इरानी सेनाले व्यापारिक जहाजहरूमाथि आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ ।
संयुक्त अधिराज्यको सामुद्रिक व्यापार सञ्चालनका अनुसार ओमानबाट २० नटिकल माइल उत्तरपूर्वमा रहेको हर्मुज जलसन्धिमा इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स का दुई वटा लडाकू डुङ्गा (गनबोट) ले एउटा तेल ट्याङ्करमाथि अन्धाधुन्ध गोली प्रहार गरेका छन् । उक्त आक्रमणमा ट्याङ्कर र चालक दलका सदस्यहरू सुरक्षित रहेको बताइए पनि क्षेत्रमा ठुलो त्रास फैलिएको छ ।
रोयटर्सका अनुसार कम्तीमा अन्य दुईवटा व्यापारिक जहाजहरूमाथि पनि स्ट्रेट अफ हर्मुज पार गर्ने क्रममा गोली प्रहार भएको खबर छ ।
यसैबिच अमेरिकी सेन्ट्रल कमाण्डले गत अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दीलाई कडाइका साथ लागु गरिरहेको जनाएको छ ।
नाकाबन्दी सुरु भएयता अमेरिकी सेनाले हालसम्म २३ वटा व्यापारिक जहाजहरूलाई हर्मुज जलसन्धि नजिकैबाट बलपूर्वक फिर्ता गराएको छ । अमेरिकाले इरानमाथि दबाब बढाउन यो कदम चालेको दाबी गरेको छ ।
अमेरिकी नाकाबन्दीको जवाफमा इरानले उक्त जलसन्धि पुनः बन्द गर्ने घोषणा गरेको छ । इरानी नौसेनाले रेडियो सन्देशमार्फत सो क्षेत्रमा रहेका सबै ट्याङ्कर र व्यापारिक जहाजहरूलाई अब कुनै पनि जहाजलाई जलसन्धि पार गर्न अनुमति नदिइने जानकारी गराएको छ ।
यसअघि शुक्रबार मात्रै इरानले युद्धविराम अवधिभर व्यावसायिक जहाजका लागि होर्मुज पूर्ण रूपमा खुला रहने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
-
चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
-
एआईले बदल्ला क्यान्सरका बिरामीको जीवन ?
-
रास्वपाको आर्थिक नीति : उदार बजार अर्थतन्त्र, सामाजिक न्याय
-
राजनीतिक व्यक्तिलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जान्छ : झलनाथ खनाल
-
गृहमन्त्रीको खाजामा माछाको काँडा प्रकरण : ‘चाडपर्व र भीआईपीका बेला मात्र होइन, वर्षभरि अनुगमन गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण