फिल्म डेब्यु गर्दै प्रशंसा
सारांश
- मोडलिङ र सामाजिक सञ्जालमा चर्चामा रहेकी प्रशंसा रायमाझीले 'चिरञ्जीवी भवः' फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएकी छन्।
- दीपकप्रसाद आचार्यको निर्देशन र कुमार कट्टेलको कथामा निर्माण हुने यो फिल्म सामाजिक ड्रामा जनराको हुनेछ।
- दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धमा आधारित यस फिल्मको छायाङ्कन छिट्टै सुरु हुने बताइएको छ।
काठमाडौँ । पछिल्लो समय मोडलिङ र सामाजिक सञ्जालमा चर्चामा रहेकी छन् प्रशंसा रायमाझी । प्रशंसाले अब फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् ।
चर्चित हास्य कलाकार तथा निर्देशकद्वय कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को संयुक्त सहकार्यमा निर्माण हुन लागेको नयाँ फिल्म ‘चिरञ्जीवी भवः’ बाट उनले अभिनेत्रीका रूपमा डेब्यु गर्ने भएकी हुन् ।
निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रूपमा प्रशंसालाई सार्वजनिक गरेको छ । फिल्म दीपक आचार्यले नै निर्देशन गर्दैछन् भने यसको कथा कट्टेलले लेखेका हुन् ।
आचार्यले यसअघि ‘परान’ निर्देशन गरेका थिए । जुन २०८२ सालको सर्वाधिक कमाउने फिल्म हो । ‘चिरञ्जीवी भवः’ सामाजिक ड्रामा जनरामा निर्माण हुनेछ ।
फिल्म दुई पुस्ताबिचको वैचारिक भिन्नता र सम्बन्धमा केन्द्रित रहने लेखक कट्टेलले जानकारी दिए । फिल्मको छायाङ्कन छिट्टै हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण