पूर्णबहादुर खड्कालाई भेट्न गोल्फुटार पुगे गगन थापा
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग उनकै निवास गोल्फुटारमा भेटवार्ता गरेका छन्।
- सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंग्याएपछि दुई नेताबीचको यो भेटलाई अर्थपूर्ण मानिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटघाट गरेका छन्।
सभापति थापा खड्का निवास गोल्फुटार पुगेर निवर्तमान कार्यवाहक सभापति खड्कासँग भेटघाट गरेका महामन्त्री प्रदिप पौडेलले जानकारी दिए।
नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद शुक्रबार मात्रै सर्वोच्च अदालतले निरूपण गरेको थियो। त्यसपछि खड्काको अध्यक्षतामा शनिबार १४औ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु र आइतबार केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो।
बैठकले पार्टी जिम्मेवारी अब गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति बनेका थापाको काँधमा पुगेको निष्कर्ष निकालेको थियो।
आफूहरुले सम्मानजनक स्थान नपाएमा छुट्टै पार्टी गठन गर्नेसम्मका कुरा खड्का नेतृत्वको बैठकमा उठेको थियो। त्यो बैठक लगत्तै खड्कालाई भेट्न सभापति उनकै निवासमा पुगेका हुन्। खड्का र थापाबीच भेटघाट भएको खड्काको सचिवालय र थापाको सचिवालयले पनि पुष्टि गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण