‘जुनियर स्कुल प्रिन्सेस’ का प्रतियोगीले देखाए ट्यालेन्ट
काठमाडौँ । ‘जुनियर स्कुल प्रिन्सेस २०२६’ का १९ प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् । राजधानीस्थित स्वस्तीश्री गुरुकुल आइभी वर्ल्ड स्कुलमा आयोजित प्रतियोगिताको ट्यालेन्ट राउन्डमा उनीहरुले नृत्य, गायन, वाद्यवादन तथा वक्तृत्वकला लगायतका ट्यालेन्ट देखाएका हुन् ।
कार्यक्रममा नितिशा अग्रवाल र सृष्टि लामाले अङ्ग्रेजी गीतमा नृत्य प्रस्तुत गरे भने केहकशा श्रेष्ठले नेवारी गीतमा नृत्य प्रस्तुत गरिन् । त्यसैगरी, मेगन मोक्टान र श्रीतिजा पुरीले ‘मायालाई के देऊ म बैना’ गीतमा संयुक्त नृत्य प्रस्तुत गरेका थिए ।
अग्रता ढकालले ‘फूलको आँखामा फूलै संसार’ गीत गाएर दर्शकलाई मनोरञ्जन दिइन् भने दीप्ता श्रेष्ठले कुमारी नृत्य प्रस्तुत गरिन् । त्यस्तै,आर्युना चन्दले ‘पर्खी बसौँला’ गीतमा नृत्य प्रस्तुत गर्दा सम्राज्ञी श्रेष्ठले नेवारी गीत ‘सचिका चिन्हा’ मा नृत्य प्रस्तुत गरिन् ।
एसल खनालले ‘सिरैमा सिरबन्दी’ गीतमा नृत्य प्रस्तुत गरिन् भने इता चेनराज भण्डारीले ‘हाम्रो नेपालमा’ गीत गिटारसहित गाएर ध्यान आकर्षित गरिन् । खुशी राई, रिन्चेन शेर्पा, साइशा पाण्डे र निभानी अधिकारीले पनि नेपाली गीतमा नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा देखाएका थिए ।
त्यसैगरी, श्रीमई कोइरालाले ‘बादल वर्षा बिजुली’ गीत गाइन् । कार्यक्रममा सरना केसीले अपाङ्ग बालसेवा केन्द्रको भ्रमणबारे भावपूर्ण वक्तव्य प्रस्तुत गरिन् । सिमिरा नेपाल र प्राप्ति सुनारले नेपाली गीत गाएर दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।
सिजन मिडिया आयोजक रहेको कार्यक्रमको निर्णायक मण्डलमा एसइई प्रिन्सेस विजेता प्राप्ति श्रेष्ठ, ज्यास्मीन धमेना, नृत्य निर्देशक मनिता गुरुङ तथा जुनियर स्कुलका विजेता जेसीका ढकाल र प्रासिया पङ्गेनी रहेका थिए ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी वैशाख ११ गते राष्ट्रिय नाचघर, जमलमा हुने आयोजक संस्थाकी कार्यक्रम निर्देशक रेजिना तुलाधरले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा दुई सय ८५ जनालाई रोजगारी
-
लेबनानमा शनिबार पनि इजरायली आक्रमण, ५ जनाको मृत्यु
-
उद्योग मन्त्रालयद्वारा ‘वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजना’ स्वीकृत
-
रास्वपाको प्रतिनिधि सङ्ख्या ४ हजारभन्दा बढी
-
जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका अभियुक्त पुनः चोरी काण्डमा पक्राउ
-
पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण