शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

स्रोत नखुलेको ३२ लाख नगदसहित दुई जना पक्राउ

शुक्रबार, ०५ असार २०८३, १८ : २२
शुक्रबार, ०५ असार २०८३

सारांश

  • सर्लाहीको झिम पुलबाट स्रोत नखुलेको ३२ लाख नगदसहित दुई जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्ने गुडु कुमार यादव र रुपेश कुमार यादव भारतबाट नेपालतर्फ नगद ल्याउँदै थिए ।
  • उनीहरू विरुद्ध हुण्डी सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको नगद सहित सर्लाहीको मलंगवा नगरपालिका–१० झिम पुलबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीकाे रामनगर गाउँपालिका–३ घर भएका गुडु कुमार यादव र रामनगर–१ घर भएका २४ वर्षीय रुपेश कुमार यादव छन् । 

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ लाख आरोपीहरूको साथबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेद प्रसाद गौतमले रातोपाटीलाई बताए । 

असार ४ मा आरोपीहरू सवार मधेस प्रदेश–०५–००१ प ११०६ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । बरामद रकमको स्रोत खुलेको छैन । 

आरोपीहरू विरुद्ध हुण्डी सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको डीएसपी गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप