बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
राजनीति

पार्टी समाप्त पार्न खोज्नेहरूसँग अब कुनै सम्झौता नहुने राजेन्द्र लिङ्देनको घोषणा

सोमबार, ०७ वैशाख २०८३, १४ : ५४
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी समाप्त पार्न खोज्नेहरूसँग अब कुनै सम्झौता नहुने घोषणा गरेका छन्।
  • उनले पार्टीभित्रको समस्याको समाधान महाधिवेशन मात्रै भएको भन्दै व्यवस्थित तवरले महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका छन्।
  • अध्यक्ष लिङ्देनले सरकारका गलत कार्यको सदन र सडकबाट प्रतिवाद गर्ने तथा गृहमन्त्रीका बारेमा आएका चर्चाबारे सरकारलाई स्पष्ट हुन आग्रह गरेका छन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी समाप्त पार्न खोज्नेहरूसँग अब कुनै सम्झौता नहुने घोषणा गरेका छन् । उनले पार्टीका महामन्त्री धवलशमशेर राणालगायतलाई लक्षित गर्दै यस्तो बताएका हुन् । 

सोमबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पार्टीभित्र रहेर पार्टीलाई नै खरानी पार्न खोज्नेहरूसँग अव कुनै सम्झौता नहुने बताएका हुन् । उनले आफ्नो जिल्लामा वडा समिति बनाउन नसक्ने, चुनावमा पार्टीका उम्मेदवारलाई नसघाउने र राष्ट्रिय पार्टी बन्नबाट रोक्न खोज्ने पार्टीभित्रका नेताहरूको कुनै कुरा नसुनिने समेत बताए । 

महाधिवेशन सारेर कार्यकाल लम्बाउने पक्षमा आफू नरहेको भन्दै अध्यक्ष लिङ्देनले वैधानिक र व्यवस्थित तवरले उचित समयमा महाधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्व तयार रहेको धारणा राखे । पार्टीभित्रको अबको समस्याको समाधान महाधिवेशन मात्रै भएको उनको भनाइ छ ।

त्यस्तै अध्यक्ष लिङ्देनले अहिले संसद्‌मा प्रतिपक्ष कमजोर भएको अवस्थामा सरकारको गलत कार्यको सडक र सदनबाट प्रतिवाद गर्ने धारणा राखे । उनले चुनावमा भोट लिनका लागि गरेको प्रचारजस्तो नभई व्यवहारमा नजिता आउने गरी रास्वपा नेतृत्वको सरकारले काम गर्न सक्नुपर्ने उल्लेख गरे । 

उनले गृहमन्त्रीका बारेमा बाहिर आएका चर्चाका विषयमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए । रास्वपा सभापति र गृहमन्त्री स्वयंले पनि यस विषयमा आफ्नो पोजिसन स्पष्ट गर्नुपर्ने उनको भनाइ छ । 

अध्यक्ष लिङ्देनले यसअघि देखिएका बेतिथिहरूलाई सच्चाउने कामको सुरु वर्तमान सरकारले गरेको भन्दै सकारात्मक कामको स्वागत गर्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप